
नोकिया ब्राण्डलाई फिचर फोनको बादशाह नै मानिन्छ । हाल नोकिया ब्राण्डको स्वामित्व फिनल्याण्डको मोबाइल फोन निर्माता कम्पनी एचएमडी ग्लोबलसँग रहेको छ ।
एचएमडी ग्लोबलले निकट भविष्यमै एक नयाँ फिचर फोन ल्याउँदैछ । नोकियाको उक्त नयाँ फिचर फोनको एउटा खास विशेषता छ । उक्त फिचर फोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम हुनेछ ।
प्रविधिसम्बन्धी समाचार प्रकाशित गर्ने वेबसाइट लभ नोकियाले हालै आफ्नो वेबसाइटमा नोकियाले ल्याउन थालेको नयाँ फोनको तस्वीर प्रकाशित गरेको थियो । नोकिया ४०० फोरजी नामबाट नोकियाले आफ्नो नयाँ फिचर फोन ल्याउन लागेको दाबी उक्त समाचारमा गरिएको छ ।
उक्त फोनमा ब्लुटुथ तथा वाइफाई सर्टिफिकेसन प्राप्त भइसकेको बताइएको छ । ब्लुटुथ भर्सनका आधारमा उक्त फोन एक सस्तो मूल्यको फोन हुने अनुमान गरिएको छ ।
यसमा वाइफाई सपोर्ट भएता पनि यो स्मार्टफोन भने हैन । यो फोनमा एन्ड्रोइडको ८.१ भर्सन अपरेटिङ सिस्टम हुनेछ । स्मार्टफोनमा हुने टचस्क्रिनको साटो यसमा फिजिकल बटनयुक्त किप्याड हुनेछ । त्यसमा गुगल असिस्टेन्ट, गुगल क्रोम था युट्युब जस्ता एन्ड्रोइड एपहरूउपलब्ध हुने बताइएको छ ।
स्मरणरहोस् नोकिया ब्राण्डको स्वामित्व खरीद गरेसँगै एचएमडी ग्लोबलले नोकिया ब्राण्डका स्मार्टफोनसँगै फिचर फोन पनि बजारमा ल्याइरहेको छ । यसअघि कम्पनीले नोकिया २०५, नोकिया ३३१० तथा नोकिया ८११० लगायतका फिचर फोन ल्याइसकेको छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4