
२३ माघ, वीरगञ्ज । वीरगञ्जमा जारी प्रदेश २ स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि बारा र सप्तरी भिड्ने भएका छन् ।
वीरगञ्जको आदर्शनगरस्थित रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा धनुषालाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै बारा जिल्ला फुटबल संघले उपाधि भिडन्त पक्का गरेको हो ।
निर्धारित समयसम्म दुवै टिमबाट गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरमा गरिएको थियो । उपाधिका लागि शनिबार यी दुई टिमबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4