
२४ माघ, काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई जोगाएर आफ्ना नेतालाई फसाउन खोजेको भन्दै नेपाली कांग्रेसको भ्रातृ संठठनले प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघको अगुवाइमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा तरुण दललगायतका भातृ संगठनका नेता कार्यकर्ता सहभागी थिए ।
उनीहरुले ‘बालुवाटार जग्गा प्रकरण-आफ्नालाई जोगाउने, अरुलाई फसाउने’, तिलकुमारीलाई जेल, विष्णु पौडेललाई माफी’, क्याबिनेटको निर्णयमा मन्त्री जवाफदेही हुन्छ कि प्रधानमन्त्री’, ‘सरकार तेरो भ्रष्टाचार किन मात्र गच्छदार’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
नेविसंघ र कांग्रेसले देश भ्रष्ट्राचारमुक्त होस् भन्ने चाहेको तर ललिता निवासको जग्गा प्रकरणमा निर्दोषलाई फसाएर दोषीलाई उन्मुक्ति दिन खोजिएकोले विरोध गर्नु परेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए । प्रधानमन्त्रीलाई उन्मुक्ति दिन तर त्यही मन्त्रिपरिषद्का सदस्यमाथि मात्रै मुद्दा दर्ता गर्नु न्याय संगत नभएको भन्दै उनले अन्यायविरुद्ध प्रदर्शनमा उत्रिएको उनको भनाइ छ ।
प्रतिक्रिया 4