+
+

विनोदले पनि पुरा गरे अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २५ गते १३:१८

२५ माघ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध विनोद भण्डारीले पनि अर्धशतक पुरा गरेका छन् । कुशल मल्लसँग उत्कृष्ट साझेदारी गरेका विनोदले ६२ बलमा ५० रन पुरा गरेका हुन् । उनले ५ चाैका र एक छक्काको बलमा ५० रन बनाएका हुन् ।

यो विनोदको पहिलो ओडीआई अर्धशतक हो भने एक दिवसीयमा अर्धशतक बनाउने आठौं ब्याट्सम्यान बनेका छन् । ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, पारस खड्का, सुवास खकुरेल, रोहितकुमार पौडेल, शरद भेषावकर र कुशल मल्लले यसअघि अर्धशतक बनाएका छन्  ।

मल्लले जारी खेलमै अर्धशतक बनाएर ओडीआई डेब्युमै अर्धशतक बनाउने विश्वको कान्छो खेलाडीको रकर्ड कायम गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?