+
+

न्यायाधीश रेग्मी र नवीन पौडेलको ललिता निवासको जग्गा सरकारी कायम

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २५ गते १८:११

२५ माघ, काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा ल्याइएको छ ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगको पत्र र जग्गा धनीको सनाखतपछि रेग्मी र पौडेलको नाममा रहेको जग्गा सरकारको नाममा ल्याइएको भूमसिुधार तथा मालपोत कार्यालय डिल्लीबजार स्रोतले बताएको छ ।

भूमसिुधार तथा मालपोत कार्यालय डिल्लीबजार स्रोतले भन्यो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनको पालना गर्दै पौडेल र रेग्मीको नाममा रहेको जग्गा शुक्रबार नै सरकारका नाममा खिचेका हौं ।’

पौडेल र रेग्मीले आफ्नो नाममा रहेको जग्गा सरकारलाई छाड्न तयार भएको भन्दै अख्तियारले दुबैलाई मुद्दा नलाग्ने बताएपछि यसको चौतर्फी विरोध हुँदै आएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले ललितानिवास प्रकरणमा जग्गा फिर्ता गर्न मञ्जुर भएकै कारण पौडेल र रेग्मीमाथि मुद्धा नचलाउने अख्तियारको निर्णयमाथि प्रश्न उठाउँदै सदन र सडक संघर्ष थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?