
२५ माघ, बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले वर्तमान प्रधानमन्त्री पूर्व राजा ज्ञानेन्द्र शाह जस्तै तानाशाही भएको टिप्पणी गरेका छन् ।
नेपालको राजतन्त्रमा राजाले कहिल्यै पनि संवैधानिक बन्न नचाहेको र सर्वसत्ता जनतामा स्थापित गर्न नसकेको बताउँदै अहिले प्रधानमन्त्री केपी शर्मा ओली पनि ज्ञानेन्द्र पथमै रहेको आरोप लगाए ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाको ४४ औं बार्षिक साधारण सभालाई शनिबार भैरहवामा सम्बोधन गर्दै उनले वर्तमान सरकारले चिनियाँ शैलीको कम्युनिस्ट शासन नेपालमा ल्याउन खोजेको बताए ।
लोकतान्त्रिक मूल्यमान्यतासँगै प्रेस स्वतन्त्रता र मानवअधिकार सिद्धयाउन लागि पर्ने जो कोही आफैं सिद्धिने उनले बताए ।
‘निरंकुश ढंगले जनताका अधिकार वञ्चित गराउन सरकार अघि बढेको छ,’ नेता खाँणले भने, ‘ जनताले निरंकुशता हटाउन र प्रजातन्त्र ल्याउन नखोजेको भए देशबाट राणाशासन र निर्दलीय पन्चायती व्यवस्था नै जाने थिएन ।’
लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि कांग्रेस लागि पर्ने उनले बताए । सरकारको निरंंकुश शैलीविरुद्ध कांग्रेसले प्रतिवाद गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया 4