+
+

स्रोत नखुलेको साढे ५ लाखसहित एक जना भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २६ गते १६:४९

२६ माघ, काठमाडौं । वीरगञ्जको रजतजयन्ती चोकबाट प्रहरीले स्रोत नखुलेको ५ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाको पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने ५० वर्षीय सुरेश महत्तो रहेका छन् ।

बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका-१६ स्थित रजतजयन्त्री चोकबाट उक्त रकमसहित उनी आइतबार पक्राउ परेका हुन् ।

अवैध वित्तिय कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनलाई पक्रन सफल भएको र उनीमाथि थप अनुसन्धान अघि बढाएको पर्सा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?