काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (सोमबार) भएको खेलमा च्यासल युथ क्लबसँग पराजित भएपछि सरस्वती युथ क्लब एक खेल अगावै रेलिगेसनमा परेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सरस्वती च्यासलसँग २-१ ले पराजित भएको हो। हारपछि १२ खेलबाट ४ अंक मात्र रहेको सरस्वती १४ क्लब सम्मिलित लिगमा पुछारमा छ ।
१२ खेलबाट ८ अंक जोडेको एपीएफ १३औं स्थानमा छ । लिगमा अब एक बाँकी रहेको सरस्वतीले अन्तिम खेल जिते पनि एपीएफलाई भेट्ने छैन ।
खेलको १८ औँ मिनेटमा पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै टाइगा नाकामुराले गोल गरे । ६६ औँ मिनेटमा हायातो वाकिनोले गोल गर्दै च्यासलको अग्रता दोब्बर बनाए।
अतिरिक्त समयमा सरस्वतीका कजीम बुसारीले सान्त्वना गोल गरे । जितपछि १२ खेलबाट १५ अंक बनाएको च्यासल नवौं स्थानमा छ ।
प्रतिक्रिया 4