+

वार्नरले जिते एलान बाेर्डर अवार्ड

२०७६ माघ  २७ गते १७:११ २०७६ माघ २७ गते १७:११
वार्नरले जिते एलान बाेर्डर अवार्ड

अष्ट्रेलियन क्रिकेटर डेविड वार्नरले एलान बाेर्डर मेडल अवार्ड जितेका छन् ।

गत वर्षभर टेष्ट, एकदिवसीय र टी-२० क्रिकेट प्रतियोगितामा गरेकाे प्रदर्शनका आधारमा वार्नरले अवार्ड जितेका हुन् । उनले स्टिभ स्मिथ र प्याट कमिङलाई पछि पार्दै याे अवार्ड जितेका हुन् ।

वार्नरले तेस्राे पटक याे अवार्ड जितेका हुन् । यसअघि वार्नरले २०१६ र २०१७ मा पनि अवार्ड जितेका थिए । रिकी पाेन्टिङ र माईकल क्लार्कले सर्वाधिक ४-४ पटक याे अवार्ड जितेका छन् ।

यस्तै वार्नरले टी २० प्लेअर अफ दी इयर अवार्ड समेत जिते । टेष्ट प्लेअर अफ दि ईअरकाे अवार्ड मार्नुस लाबुसचेनले जिते । उनले पनि स्मिथ र कमिङलाई नै पछि पारे ।

ओडीआई टिमका कप्तान आराेन फिन्चले ओडीआई प्लेअर अफ दि ईअरकाे अवार्ड जिते ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय