+
+

दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १ गते १९:५२

काठमाडौं । पब्लिकेसन नेपालयको नयाँ टीमले २०२० को ताजा कार्यतालिका अनुसार चारवटा पुस्तकहरू प्रकाशन गर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । संयोगवस, नेपालयको महिला नेतृत्व अन्तर्गत प्रकाशित हुन लागेका चारवटै शीर्षकहरू महिला लेखकहरूले सृजना गरेका छन् ।

नेपालयले आफ्नो यो शृङ्खला, नेपाली साहित्यमा महिला लेखकको प्रतिनिधित्वलाई समर्पित गरेको छ । २०२० मा प्रकाशित हुने कृतिमा सृजनशील युवा लेखकले सृजना गरेका कथा, उपन्यासका साथै  संस्मरण विधा र एक स्थापित लेखकको ओजपूर्ण पुनरागमन पनि समावेश छ ।२०२०को लागि तयार पारिएको यस शृङ्खलाको पहिलो पुस्तक दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’रहेको छ ।

‘कुमारी प्रश्नहरू’सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ वटा कथाहरूको सँग्रह हो । कार्की लेखनका अनेकौं पुरस्कार प्राप्त गरेकी लोकप्रिय स्तम्भकार पनि हुन् ।  दुर्गा कार्कीको पढाई कानून हो, रुची लेखन । साहित्य उनको उपासना हो, जसमा कथा उनको आफ्नै शैली र शिल्पले सशक्त बन्छन् ।

कुमारी प्रश्नहरू’उनको प्रथम पुस्तक कृति हो । ‘किताबको पहिलो प्रति पाउँदा समेत मलाई मेरा कथाहरू साँच्चिकै किताबको रूपमा आए भनेर विश्वास नै लागेन, यिनमा काम गरेर साँच्चै सकियो र भन्ने लागिरह्यो’, आफ्नो पुस्तकको पहिलो प्रति हातमा लिंदै कार्कीले भनिन्, ‘यी प्रत्ये‍क कथालाई मैले कम्तीमा पनि बीस पटक पढेकी छु, हरेक पटक केही न केही थपघट गरेकी छु र कतिलाई त महिनौँ सोचाइको गर्भमा बोकेर हिँडेकी छु । मलाई आशा छ, पाठकहरू यी कथाबाट पटक्कै निराश हुनु पर्दैन ।’

पब्लिकेसन नेपालयकी सि.इ.ओ. सैजन मास्केले दुर्गाको किताबले बजारलाई उत्साही बनाउने विश्वास व्यक्त गरेकी छन् ।  ‘यो शृङ्खलाका चारवटै पुस्तकले भिन्दै शैली र कथानक बोकेर आएका छन्; त्यसैले यिनले नेपाली समकालिन साहित्य र प्रकाशन उद्योगलाइ सकारात्मक योगदान पुर्याउने विश्वास लिएको छु ’ सैजनले भनिन् ।

फागुन ९ गते सार्वजनिक हुने पुस्तक ‘कुमारी प्रश्नहरू’ को मूल्य ४२५ रुपैँया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?