Comments Add Comment

गरिमा धान नक्कली बीउ प्रकरण : क्षति २३ करोड, जरिवाना ३१ लाख

३ फागुन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

कान्तिपुर दैनिकले ‘ओर्लंदो ओज’ शीर्षकमा मुख्य समाचार लेखेको छ । प्रधानमन्त्री ओलीको ओज पछिल्लो समय खस्कँदै गएको कान्तिपुर समाचारको सार छ ।

कान्तिपुर लेख्छ– प्रधानमन्त्री केपी शर्मा ओली अहिले पार्टीभित्र मात्र होइन, बाहिरी मोर्चामा पनि रक्षात्मक भएका छन् । सरकार हाँकेको दुई वर्ष पुगिसक्यो तर पनि पार्टीकै प्रभावशाली नेताहरू सरकारले गरेका कामको खुलेर प्रशंसा गर्दैनन् ।

गरिमा धानको नक्कली बीउबारे पनि कान्तिपुरले भित्री पृष्ठमा समाचार छापेको छ । समाचार अनुसार, धानको बीउ नक्कली पर्दा २३ करोड रुपैयाँबराबरको क्षति भएको प्रतिवेदन तयार भएको छ । उत्पादन लागत र परिमाणका आधारमा बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले त्यति नै रकम क्षतिपूर्ति दिन भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रामलयमा सिफारिस गरेको थियो । तर, किसान ठग्नेलाई अहिले ३१ लाख २० हजार रुपैयाँ मात्र जरिवाना गरिएको समाचारमा उल्लेख छ ।

नागरिकमा प्रदेश सरकारले गुजारेको दुई वर्षको समीक्षा छ । नागरिकका अनुसार, आशा बढी देखाए पनि अधिकांश प्रदेशको २ वर्ष अलमलमै सकिएका छन् ।

आपराधिक क्रियाकलापमा संलग्न समात्न सीसी क्यामेरा महत्त्वपूर्ण साधन बनेको अर्को विषय पनि नागरिकको पहिलो पृष्ठमा छापिएको छ । समाचार अनुसार साउनयता ट्राफिक नियम मिच्ने, दुर्घटना निम्त्याउने, भाग्ने, अपराधमा संलग्न सात हजार ३ सय ७६ जनालाई सीसी क्यामेराकै आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्नपूर्णले कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको कहरबारे मुख्य समाचार बनाएको छ । अन्नपूर्णका अनुसार, कोरोनाकै कारण निसान र हुन्डाईका कारखाना बन्द भएका छन् भने गार्मेन्ट्स आपूर्ति शृंखला प्रभावित भएका छन् । तेल उत्पादनमा पनि कटौती भएको छ । उडान रद्द हुँदा पर्यटन उद्योगमा असर परेको छ ।

नेकपाले विशेष अभियान सञ्चालन गर्न लागेको समाचार गोरखापत्रले छापेको छ भने राजधानीमा असुरक्षित पैदलयात्रुबारे खबर छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment