+

लिभरपुललाई २५ अंकको अग्रता

२०७६ फागुन  ४ गते ७:५४ २०७६ फागुन ४ गते ७:५४
लिभरपुललाई २५ अंकको अग्रता

४ फानगुन, काठमाडौं । साडियो मानेले गरेको एक मात्र गोलमा नर्विच सिटीलाई पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेष्टर सिटामाथि २५ अंकको अग्रता बनाएको छ ।

शनिवार राति भएको खेलमा लिग लिडर लिभरपुलले नर्विचलाई १–० ले हरायो । लिभरपुलका लागि खेलको ७८ औं मिनेटमा मानेले गोल गरे । उनले कप्तान जोर्डन हेन्डरसनको पारसमा गोल गरेका हुन् ।

भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले गोललाई मान्यता दिएको हो ।

लगातार १७ औं जित हात पारेको लिभरपुलको यस सिजनको यो २५ औं जित हो । यस सिजन एकमात्र बराबरी खेलेको लिभरपुलले २६ खेलबाट ७६ अंक जोडेको छ । लिभरपुललाई अब उपाधि पक्का गर्न बाँकी रहेको १३ मध्ये ५ खेल जिते पनि पुग्छ ।

दोस्रो स्थानको सिटीको २५ खेलबाट ५१ अंक मात्र छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय