+
+

जर्मनीमा बन्दुकधारीको आक्रमणबाट ८ जना मारिए

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते ८:२८

८ फागुन, काठमाडौं । जर्मनीका २ बारमा बन्दुकधारीले गोली चलाउँदा ८ जनाको मृत्यु भएको छ ।

जर्मनको पश्चिम सहर हनाउका २ बारमा स्थानीय समयानुसार गएराति १० बजे घटना भएको हो । घटनामा ५ जना घाइते भएका छन् ।

स्थानीयले बताएअनुसार, सुरुमा हनाउस्थित सिसा बारमा गोली चलेको थियो । त्यहाँ ३ जनाको मृत्यु भएको जनाइएको छ ।

त्यसपछि बन्दुकधारी हनाउनकै केसेल्सटाटस्थित अर्को बार पुगेका थिए । त्यहाँ बन्दुकधारीको गोली लालगेर ५ जनाको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ ।

घटना कसले र किन गरायो भन्ने भन्ने खुलेको छैन । घटनामा संलग्नले छाडेका केही प्रमाणका आधारमा जर्मनस्थित प्रहरीले अनुसन्धान थालेको जनाइएको छ । दुवै क्षेत्रमा हेलिकप्टरबाट गस्ती भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?