+
+

विजय मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ८ गते २०:०३

८ फागुन, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर यस्तो निर्देशन दिएको हो ।

लेखा समितिका सदस्यहरूको चरित्र हत्या गरेको भन्दै समितिले कारबाही गर्न पत्राचार गरेको हो । ‘एउटा अनलाइन मिडियामा दिएको अन्तर्वार्तामार्फत हाम्रो चरित्र हत्या गरेकाले मिश्रलाई कारबाही गर्न निर्देशन दिएका हौं’ समितिका सदस्य सूर्य पाठकले अनलाइनखबरसँग भने ।

फेसबुकमा जथाभावी लेखेको भन्दै समितिले प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको माग गरेका छन् । उनले समितिका सदस्यहरूकोे तस्वीर राखेर ‘४ अर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिन लागेको’ स्टाटस लेखेका थिए ।

समितिले मिश्र र उपाध्याय दुबैलाई कारबाही गरेर प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?