+
+

एक अर्बको डिलमा बास्कोटा एक्लै छैनन्, छानविन गरौं : देउवा

टोपराज शर्मा टोपराज शर्मा
२०७६ फागुन १२ गते १९:४८

१२ फागुन, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा एक्लै संलग्न नरहेको दाबी गरेका छन् । यसमा अरु उच्च व्यक्ति पनि संलग्न हुन सक्ने भन्दै उनले छानविन गर्न माग गरेका छन् ।

कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धान्जली सभामा देउवाले बास्कोटा एक्लैले एक अर्बको डिल गर्न सम्भव नभएको बताए । ‘यो चानचुने बिषय होइन’ उनले भने, ‘बास्कोटा एक्लैले त्यत्रो काण्ड गरे भनेर पत्याउने आधार छैन, अरु उच्च व्यक्ति पनि संलग्न हुन सक्छन् ।’

यो प्रकरणलाई कांग्रेसले त्यत्तिकै नछाड्ने भन्दै उनले निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

‘भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने प्रधानमन्त्री एकपछि अर्को भ्रष्टाचार काण्डमा फसेको देउवाको आरोप छ । ‘भ्रष्टाचारका काण्ड कति भए भन्ने गनेर साध्यै छैन’ देउवाले भने ‘तर भ्रष्टाचारी लुकाउन सरकार नीतिगत रुपमै लागेको छ ।’

नीतिगत निर्णयको नाममा सरकारले मनपरी गरेको र आफ्ना कमजोरी चोख्याउने तथा भ्रष्टाचारीलाई उम्काउने काम गरेको उनले बताए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले दुई तिहाइको शक्ति प्रयोग गरेर सरकारले अनियमितता गरिरहेको बताए । निवर्तमान सञ्चारमन्त्री बास्कोटाले स्याटलाइट, फोरजीलगायतका खरिद प्रक्रियामा अनियमितता गरेको उनको दाबी छ ।

सरकारले मानवअधिकार, प्रेस स्वतन्त्रता, गोपनीयताको हकलाई कमजोर पारेको तथा सुरक्षा निकायलाई आफनो पार्टीको पेवा जस्तो बनाएको खाँणको आरोप छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?