+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बामदेव गौतम मन्त्री बन्न सक्नुहुन्न : सुरेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १७ गते ११:३४

१७ फागुन, चितवन । नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न नसक्ने बताएका छन् । जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको भन्दै उनले यसले लोकतन्त्र बलियो नहुने बताए ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पाण्डेले सो कुरा बताएका हुन् । निर्वाचनमा पराजित भएको व्यक्ति सो प्रतिनिधि सभाको कार्यकाल भरी नियुक्तिका लागि योग्य नहुने संवैधानिक व्यवस्था भएकाले गौतम सांसद भए पनि मन्त्री हुन नसक्ने पाण्डेको भनाइ छ ।

संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था छ ।

संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोल्न पार्टी सचिवालयले गरेको निर्णयको पक्षमा जनता नदेखिएपछि कार्यदल नै भंग गरिएको नेता पाण्डेको भनाइ छ ।

पार्टीभित्र पछिल्लो समयमा देखिएको विवाद समाधान हुने क्रममा अघि बढेको नेता पाण्डेले बताए । ‘पार्टीमा अहिले देखिएको विवादको समाधान हुन्छ, एउटा सहमतिमा नेताहरु पुग्न लागेको बुझिन्छ,’ नेता पाण्डेले भने, ‘बामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय पनि कार्यान्वयन हुन्छ, प्रधानमन्त्रीका चासोहरु पनि सम्वोधन हुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?