+

म्यानचेष्टर सिटी लगातार तेस्रो पटक च्याम्पियन

२०७६ फागुन  १९ गते ७:४५ २०७६ फागुन १९ गते ७:४५
म्यानचेष्टर सिटी लगातार तेस्रो पटक च्याम्पियन

१९ फागुन, काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले लगातार तेस्रो पटक काराबाओ कप (लिग कप) को उपाधि जितेको छ । आइतबार राति वेम्लीमा भएको फाइनलमा एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै सिटीले उपाधिमा ह्याट्रिक गरेको हो ।

पछिल्लो पाँच वर्षमा सिटीको यो चौथो उपाधि हो । सर्वाधिक उपाधि जित्नेमा सिटी दोस्रो स्थानमा छ । लिभरपुलले ८ र सिटीले ७ पटक उपाधि जितेका छन् ।

सिटीको जितमा सर्जियो अगुएरो र रोड्रीले गोल गरे । एस्टन भिल्लाका लागि मबवाना समताले एक गोल फर्काए ।

प्रिमियर लिगको साविक विजेतासमेत रहेको सिटीले लिगमा भने यसपटक राम्रो प्रदर्शन गर्न सकेको छैन । लिग लिडर लिभरपुलभन्दा २२ अंले पछि रहेको सिटी उपाधि होडबाट लगभग बाहिरिसकेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय