+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

श्रम स्वीकृति विना काम गर्ने ८ चिनियाँ नागरिक पक्राउ

बिकास मरहट्टा बिकास मरहट्टा
२०७६ फागुन २० गते १२:३६

२० फागुन, गोरखा । श्रम स्वीकृति विना गोरखामा काम गर्दै आएका आठ जना चिनियाँ नागरिकलाई प्रहरीले अध्यागमन विभाग काठमाडौं पठाएको छ ।

आरुघाट गाउँपालिका–३ सोतीमा निर्माण हुन लागेको अपर बुढीगण्डकी जलविद्युत आयोजनामा काम गर्दै आएका उनीहरुलाई सोमबार नियन्त्रणमा लिइएको एसपी ओमप्रसाद अधिकारीले बताए ।

‘दश दिन अगाडि नै हामीले उनीहरुसँग पासपोर्टसहित आवश्यक कागजात मागेका थियौं,’ उनले भने, ‘तर उनीहरुले बुझाउन सकेनन् अनि नियन्त्रणमा लिएर विभाग पठाएका हौं ।’ उनीहरु मध्ये केहीसँग पासपोर्ट समेत नभएको अधिकारीले जानकारी दिए । ‘पासपोर्ट भएकाहरुको पनि श्रम स्वीकृति छैन, टुरिस्ट भिसामा आएर अनाधिकृत रुपमा काम गर्दै आएका रहेछन्,’ उनले भने ।

जलविद्युत आयोजनाको प्रारम्भिक सर्भेका लागि माटो परीक्षण लगायतका काम गर्दै आएका उनीहरुलाई सोतीबाट नियन्त्रणमा लिइएको हो ।

विदेशी नागरिकको गतिविधी निगरानी गर्न अभियान सञ्चालन गरिएको बताउँदै एसपी अधिकारीले भने, ‘विदेशी नागरिकले गरेका गतिविधि वैध छ कि अवैध छ, वैध भएपनि कस्ता क्रियाकलाप गरिरहेका छन् भनेर निगरानी गर्न प्रहरी कार्यालयलबाट टोली नै खटाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?