+
+

अर्थ मन्त्रालयमा खतिवडाको पुन: प्रवेश

आर्यन धिमाल आर्यन धिमाल
२०७६ फागुन २१ गते १६:५८

२१ फागुन, काठमाडौं । बुधबार पुन: अर्थमन्त्रीमा नियुक्त डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि उनले अर्थ मन्त्रालयमा आई पदभार ग्रहण गरेका हुन् ।

उनलाई अर्थमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सिफारिस खतिवडाको अवधि मंगलबार सकिएको थियो । स‌ंसद सदस्य नरहेपछि उनले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।

तर राजीनामा दिएको भोलिपल्ट बुधबार खतिवडा पुन: अर्थमन्त्री नियुक्त भएका हुन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?