+
+

हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ गाडीमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते ९:१५

२२ फागुन, काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा आगजनी भएको छ ।

विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा आगजनी भएको छ । यसैगरी शिवराज नगरपालिका वडा नम्बर ९ तुरन्तपुरमा एउटा स्काभेटरमा आगजनी भएको छ ।

ती गाडीहरु हुलाकी मार्ग निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीका हुन् । आगजनी कसले गर्‍यो भन्ने खुलेको छैन । अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

सडक निर्माणमा खटिएका कामदारहरुलाई राति करिब १ बजे कोठाभित्रै थुनेर अज्ञात समूहले गाडीहरुमा आगजनी गरेको कामदारहरुलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।

आगजनीका कारण सबै गाडीहरु पूर्णरुपमा जलेका छन् । कृष्णनगरबाट आएको दमकलले आगो निभाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?