Comments Add Comment

बेलायतबाहेकका युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध

२९ फागुन, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम गर्ने उद्देश्यले युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा प्रतिवन्ध लगाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा एक महिने प्रतिवन्ध लगाइएको घोषणा गरेका हुन् ।

बुधबार टेलिभिजन सम्बोधनमार्फत् ट्रम्पले भने,  ‘हाम्रो क्षेत्रमा नयाँ संक्रमण भित्रिन नदिन हामीले युरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रामा प्रतिबन्ध लगाएका छौं ।’

एकमहिने प्रतिबन्ध शुक्रबार मध्यरातिबाट लागू हुने ट्रम्पले बताए ।

कोरोनाबाट प्रभावित साना लगानीबाट सञ्चालित व्यवसायलाई अर्बौं डलर सहयोग गर्ने घोषणा पनि ट्रम्पले गरेका छन् । करमा सहुलियत दिने उपायबारे निर्णय लिन पनि ट्रम्पले संसदलाई आग्रह गरेका छन् ।

यसअघि ट्रम्पले ट्वीटरमार्फत् भनेका थिए, ‘कोरोना भाइरसको चुनौतीसँग लड्नका लागि संघीय सरकार सबै शक्ति प्रयोग गर्न तयार छ ।’

ट्रम्पले भनेका छन्, ‘हाम्रो शत्रु समान छ, वास्तवमा कोरोना भाइरस पूरै विश्वको शत्रु हो । हामी यसबाट छिटोभन्दा छिटो सुरक्षित रहनुपर्छ । मेरालागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’

अमेरिकामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ हजार १ ३५ छ । यसैको कारण ३८ जनाको मृत्यु भइसकेको छ । विश्वभर कोरोना संक्रमितको संख्या एक लाख १ लाख १५ हजार भन्दा बढी पुगिसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण सबैभन्दा धेरै चीन, इटाली, इरान र कोरियामा पाइएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले बुधबार विश्वव्यापी महामारी घोषणा गरेको छ ।

जी–७ को मन्त्रीस्तरीय बैठक भिडियो कन्फरेन्समार्फत्

यसैबीच अमेरिकाको पिट्सबर्गमा यसै महिना हुने तय भएको जी–७ देशहरुको मन्त्रीस्तरीय बैठकको तरिका फेरबदल गरिएको छ । मार्च २४ र २५ तारिकमा हुने बैठक अब भिडियो कन्फरेन्समार्फत् हुने छ ।

यस्तै लस एन्जलेन्समा यसै वर्षको जून महिनामा हुने ई–३ एक्सो (मनोरञ्जनात्मक इलेक्ट्रोनिक प्रदर्शनी) रद्द गरिएको छ । भिडियो गेमिङ इन्डष्ट्रीका लागि महत्वपूर्ण मानिने यो एक्स्पोमा विश्वभरका भिडियो गेम बनाउने कम्पनीहरु र गेम खेल्ने व्यक्तिहरु सहभागी हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment