
२ चैत, काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । सरुवा गरिएका मध्ये १० जना प्रमुख जिल्ला अधिकारी छन् ।
सरुवा अनुसार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, कास्कीका रमेशकुमार केसी र बाराका फडिन्द्रमणि पोखरेल सरुवा गरिएका छन् ।
तनहुँका रुद्रप्रसाद पण्डित, सिराहाका गोपालकुमार अधिकारी र ध्रुवबहादुर खड्कालाई कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । त्यस्तै, पाँचथरमा मुरारी वस्ती र अछाममा भोजराज श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ ।
हेर्नुहोस् सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4