+
+

झाडीमा फेला पर्‍यो कटुवा पेस्तोल 

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १८:५८

६ चैत, वीरगञ्ज । पर्साको पकहामैनपुर गाउँपालिका–१ धोरेबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प पकहा मैनपुरले धोरेको दक्षिणतर्फ रहेको झाडीबाट पेस्तोल बरामद गरेको हो ।

झाडीमा लुकाएर राखेको अवस्थामा चैत ४ गते सशस्त्र प्रहरी निरीक्षक सुमन रानाभाट नेतृत्वको टोलीले कटुवा पेस्तोल बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले जानकारी दिए । बरामद गरिएको पेस्तोल आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

पेस्तोल किन, कसले र कुन उद्देश्यका लागि राखिएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?