
६ चैत, पोखरा । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीबार १ बजेका लागि बैठक बोलाइएको थियो । सूचना टाँस गरे अनिश्चितकालका लागि बैठक स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ ।
गएको बुधबारदेखि गण्डकी प्रदेशका लगातार ४ वटा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको थियो । निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम, संसदको सचिवालयसम्बन्धी विधेयकलगायतमा असहमति जनाउँदै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको थियो ।
देशमा कोरोना सन्त्रासका कारण पनि बैठक लामै समय स्थगित हुनसक्ने सचिवालय स्रंोतले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4