+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कोरोनासँग जुझ्न ज्याक माले नेपाललाई सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ८ गते १४:०२

काठमाडौं । चीनका प्रख्यात व्यवसायी ज्याक माले नेपालसहित ९ एसियाली मुुलुकलाई कोरोना भाइरस (कोभिड १९) सँग जुझ्न आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।

उनले १८ लाख मास्क, २ लाख १० हजार टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र थर्मोटिर दिने बताएका हुन् । शनिबार विहान एक ट्वीट गर्दै ज्याक माले भनेका छन्, यो चाँडै पुर्‍याउन सहज छैन, तर हामी यो सम्पन्न गर्नेछौं ।’

सहयोग दिइने मुुलुकमा नेपालसँगै अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंका पनि छन् । तर कुन मुलुकलाई कति दिने भन्ने उल्लेख गरिएको छैन ।

अलीबबाबा अन्तरगत नेपालमा चलिरहेको एक नम्बरको सपिङ साइटका रूपमा परिचित दराज पनि उनको लगानी भएको कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?