+
+

अझै किन आइरहेका छन् विदेशबाट विमान ?

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १९:४०

१० चैत, काठमाडौं । सरकारको निर्णय अनुसार गएराति १२ बजेदेखि देशमा भित्रने अन्तर्राष्ट्रिय हवाई सेवाका जहाज रोकिएका छन् । तर पनि आज मात्रै चार वटा विमान त्रिभुवन विमानस्थलमा अवतरण भए ।

गएरातिबाट नियम लागू भइसकेपछि ईतिहाद एयर, कोरियन एयर र  कतार एयरका दुईवटा जहाज काठमाडौं अर्लिए । यसका कारण धेरै नागरिकले किन विदेशबाट अझै विमान आईरहेका छन् ? भनेर सामाजिक सञ्जालमा प्रश्न उठएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशबाट अझै विमान आइरहेकोबारे स्पष्ट गरेको छ । प्राधिकरणका अनुसार विमानस्थलमा विभिन्न देशबाट आएर अवतरण गरेका विदेशी एयरलाइन्सका जहाज यात्रु लिएर नेपाल आएका होइनन् ।

यी विमानले सरकारसँग विशेष अनुमति लिएर नेपालबाट यात्रु लगिरहेको त्रिभुवन विमानस्थलको नेपाल नागरिक कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए । ‘अहिले आकस्मिक रुपमा आउने, कार्गो लिएर आउने र मान्छे नबोकी रित्तो आउने विमान मात्रै विमानस्थलमा बस्न पाउँछन्,’ उनले भने,’३१ मार्चको मध्य राति १२ बजेसम्म यात्रु लिएर आएका विमान यहाँ ओर्लिन पाउँदैनन् ।’

कर्णले सरकारी निर्णयअनुसार अन्तर्राष्ट्रिय हवाई सेवा अन्तरगत यहाँबाट यात्रु लिएर जान निषेध नगरिएको बताए । यसैका कारण कतिपय एयरलाइन्सले नेपालबाट बाहिरिने यात्रुलाई सेवा दिइरहेका छन् ।  यसरी सेवा दिन नेपाल भित्रिने विमान खाली हुनै पर्छ । नत्र एयर ट्राफिक कन्ट्रोलरले अवतरणको अनुमति दिँदैन ।

नेपाल नागरिक उड्डयन प्राधिरकणका प्रवक्ता तथा उपमहानिर्देशक राजकुमार क्षेत्री तोकिएको दिनभित्र कुनै आकस्मिक कारण यात्रु लिएर कुनै अन्तर्राष्ट्रिय हवाई सेवाका विमान नेपाल आउन अब सरकारसँग नै विशेष अनुमति लिनुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?