+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लकडाउनमा बैंक खुला रहने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते ११:५२

११ चैत, काठमाडौं । सरकारले मंगलबारबाट एक हप्ताका लागि लगाएको लकडाउनमा पनि बैंक तथा वित्तीय संस्थाहरुले सेवा भने दिने भएका छन् । बैंकहरुलाई निश्चित शाखा तोकेर सेवा नियमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिने तयारी गरेको छ ।

खाद्यान्न, औषधी लगायतका सामाग्री खुल रहेका र ती वस्तुहरु खरिद गर्न रकम चाहिने भएकाले बैंकहरुलाई सेवा दिइरहन निर्देशन दिने तयारी गरिएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले जानकारी दिए ।

उनले अत्यावश्यक सामाग्री खरिद गर्न सर्वसाधारणलाई अप्ठेरो नपरोस् भन्ने हिसाबले बैंकहरुले सेवा दिने बताए । तर सबै शाखा कार्यालयहरु भने खुला नहुने उनले बताए । उनका अनुसार नगद कारोबारको मात्रै बैंकले सेवा दिनेछन् ।

‘आज मंगलबार सार्वजनिक बिदा नै भयो, भोलि हामी निर्देशन दिन्छौं’ उनले भने, ‘नगद नै नभएर कसैलाई अप्ठेरो नपरोस् भन्ने चाहेका छौं, भोलि बुधबार निश्चित समय तोकेर निश्चित काउन्टरहरु खोल्न भन्नेछौं ।’

कुन-कुन शाखा कार्यालयबाट, कति बजेदेखि कति बजेसम्म सेवा दिने भन्ने विषय बैंक आफैले निर्णय गर्ने र सम्बन्धी जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शाखा खोल्नुपर्ने बताए ।

वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि बैंकहरुले सेवा दिइरहने बताएका छन् । सर्वसाधारणलाई नगदको अभाव हुन नदिन सेवा दिइरहने उनले बताए । यद्यपि, सकेसम्म विद्युतिय कारोबार गर्न उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?