+
+

भन्सार छलीका सामानसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १२:१८

१२ चैत, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरले बागमती करिडोरबाट भन्सार छली गरेर ल्याइएको करिब २५ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।

बागमती करिडोरबाट यूपी–३२–डीएक्स ९३४७ नम्बरको भारतीय ट्रकसहित चालक भारत, समस्तिपुरका मोहमद अक्तरलाई प्रहरीले पक्राउ गरेको छ ।

बानेश्वर प्रहरीका डीएसपी दुर्गाराज रेग्मीका अनुसार विशेष सुराकीका आधारमा नियन्त्रणमा लिएर गाडी खनतलासी गर्दा अवैध सामान बरामद भएको थियो । बरामद गाडी र सामग्रीलाई सिनामंगलस्थित भन्सार कार्यालय बुझाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?