+
+

भरतपुर कोरोना अस्पतालले माग्यो स्वास्थ्यकर्मी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १६:३१

१२ चैत, चितवन । चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न स्वास्थ्यकर्मी माग गरेको छ ।

अस्पतालले चिकित्सक, नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफर सहितको स्वास्थ्यकर्मी माग गरेको हो ।

अस्पतालका प्रवक्ता एवं सदस्य सचिव डा. भोजराज अधिकारीले बुधबार एक सूचना जारी गरी स्वास्थ्यकर्मी जरुरी भएकोले चैत १३ गते साँझ ५ बजेसम्म सम्पर्कमा आउन आग्रह गरेका छन् । आवेदकहरुको अन्तर्वार्ता चैत १४ गते बिहान १० बजेबाट अस्पतालमा नै हुने सूचनामा उल्लेख छ ।

 

अस्पताल स्थापना गर्दा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले गर्ने उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?