+
+

यी मालिक जसले आफ्नो तलब घटाएर कर्मचारीको तलब बढाए

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते ८:०६

१३ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट व्यापार व्यवसाय ठप्प भएपछि धेरै कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई बेतलवी विदा दिएका छन् ।

तर, अमेरिकाको एक कम्पनीका मालिकले भने आफ्नो तलब घटाएर कर्मचारीहरुको तलब बढाएर दिने काम अहिले पनि जारी राखेका छन् ।

अमेरिकाको सिएटलस्थित एक कार्ड पेमेन्ट कम्पनीका मालिक डेन प्राइसले आफ्ना १२० जना कर्मचारीहरुलाई न्युनतम ७० हजार डलर तोक्ने निर्णय गरे । यस्तो निर्णय कार्यान्वयन गराउन डेनले आफ्नो आम्दानीबाट १० लाख डलर कटौती गरेका थिए ।

आफ्नो आम्दानी घटाएर कर्मचारीको तलब थप्ने काम सन् २०१५ देखि सुरु गरेका उनले कोरोना संक्रमणको प्रभावपछि पनि त्यसलाई निरन्तरता दिएको बीबीसीले जनाएको छ ।

पाँच वर्षअघि यस्तो निर्णय गरेर जोखिम लिए पनि आफू फाइदामै रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?