+
+

लुक्लाबाट पर्यटक उद्दार गर्न तारा एअरले जहाज पठाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १५:४६

१३ चैत, काठमाडौं । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरेपछि २ दिनदेखि लुक्लामा १४ जना प|mान्सेली पर्यटक अलपत्र परेपछि यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले उनीहरुको उद्दारको लागि आज जहाज पठाएको छ ।

काठमाडौं स्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेपछि उद्दार गर्न नीजि वायुसेवा कम्पनी तारा एअर तयार भएको हो ।

तारा एअरको १८ सिट क्षमता भएको ट्वीन ओटर विमान त्रिभुवन विमानस्थलबाट १ बजे लुक्लातर्फ प्रस्थान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?