+
+
Shares

रजहरको प्राकृतिक चिकित्सालयलाई क्वारेन्टाइन बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १४ गते १०:१४

१४ चैत, चितवन । पूर्वीनवलपरासीको रहजरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई क्वारेन्टाइन बनाइने भएको छ ।

झण्डै ४ सय बेड क्षमताको चिकित्सालयलाई क्वारेन्टाइन बनाउन दिने निर्णय गरिएको व्यवस्थापक हरि सापकोटाले जानकारी दिए । त्यसका लागि चिकित्सालयमा रहेका सबै बिरामीहरुलाई डिस्चार्ज गरेर घर पठाइ सकिएको छ । उनले भने ‘हामीसँग पनि बिरामी आउने अवस्था छैन, समुदाय र सरकारले नै बनाएको संरचना हो, प्रयोग गर्न दिने गरी तयारी गरिरहेका छौं ।’

देवचुली नगरपालिका, पूर्वीनवलपरासी जिल्लाका कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरुलाई यहाँ राखिने प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरले जिल्लाका विभिन्न पालिकाहरुमा क्वारेन्टाइनहरु बनाउने कामहरु भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?