+
+

स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई दिने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते २१:२७

२० चैत, काडमाडौं । स्वास्थ्य सेवा विभागले पूर्वप्रतिवद्धताअनुसार कोरोना भाइरस (कोभिड–१९) को उपचारका क्रममा प्रयोग हुने स्वास्थ्य सामाग्री खरिदका लागि टेण्डर आह्वान गरेन ।

ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग गरेको विवादास्पद खरिद सम्झौता रद्द गरेको घोषणा गर्दै विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले नेपाल आपूर्तिकर्ताहरुसँग बिहीबार कोटेसन माग्ने बताएका थिए । बिहीबार नेपाली सप्लायर्सहरु विभागमा पुगेका थिए ।

उनीहरुले पूर्वप्रतिवद्धताअनुसार आम्नी समूहले भन्दा सस्तोमा स्वास्थ्य सामाग्री ल्याउन बताएका थिए ।

तर विभागले टेण्डर आह्वान प्रक्रिया सुरु गरेन । ‘जीटूटीमार्फत ल्याउने कि भनेर छलफल भइरहेको खबर आएपछि आज प्रक्रिया सुरु गरिएन’ विभागका महानिर्देशक श्रेष्ठले अनलाइनखबरसँग भने ।

कोभिड-१९ सम्बन्धी सम्बन्धी उच्चस्ततरीय समितिको बुधबार बसेको बैठकमा पनि जी टू जी (सरकारबाटै सरकारमा) सम्झौता गरेर स्वास्थ्य सामाग्री ल्याउनेबारे छलफल भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खचिवडाले पनि जीटूजीमा स्वास्थ्य सामाग्री ल्याउन पाए उपयुक्त हुने बताए ।

नेपालले भारत र चीन दुबै मुलुकलाई सहयोग गर्न आग्रह पनि सम्भव नभएपछि निजी कम्पनीमात्र खरिद गर्नु परेको भन्दै उनले भने, ‘अहिले पनि जीटूजीका लागि प्रयास गर्ने भनेर छलफल भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?