
इटलीमा एक नर्सले आफूलाई कोरोना सारिदिएको भन्दै प्रेमिकाको हत्या गरेका छन् । उनकी प्रेमिका चिकित्सक थिइन् ।
२७ वर्षिया डाक्टर लोरेना क्वारन्टाको हत्या गरेपछि उनका प्रेमी एन्टोनिया डी पेस आफैंले प्रहरीलाई खबर गरेका थिए । उनीहरु दुवै सिसिल्लीस्थित एउटै अस्पतालमा काम गर्थे ।
मंगलबार बेलुकीतिर डी पेसले प्रहरीमा फोन गर्दै आफ्नी प्रेमिकाको हत्या गरेको बताएका थिए । प्रहरी घटनास्थल पुग्दा अपार्टमेन्टको भुईंमा क्वारन्टाको शव लडिरहेको थियो । साथै डि पेसले आफ्नै दुई हातका नाडी पनि काटेर छट्पटाइरहेका थिए । त्यसपछि उनलाई तुरुन्तै अस्पताल पुर्याइयो ।
अस्पतलामा प्रहरीलाई बयान दिँदै उनले भने, ‘उनले मलाई कोरोनाभाइरस सारिन्, त्यसैले मैले उनलाई मारेको हुँ ।’
तर, चिकित्सकहरुले गरेको पहिलो परिक्षणमा भने दुवैलाई कोरोना संक्रमण देखिएको छैन । बुधबार गरिएको स्वाब टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो ।
प्रतिक्रिया 4