
निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘आमा’ फागुण ९ गतेबाट रिलिज भयो । लकडाउन नभएसम्म यो चलचित्रले हल छाडेको थिएन । लकडाउनका कारण चलचित्रका निर्माताले पनि निकै घाटा व्यहोर्यो।
करिब एक महिनासम्म हलमा रहेको यो चलचित्रबाट सबैभन्दा तारिफ कमाउने व्यक्ति हुन, निर्देशक दीपेन्द्र के खनाल । उनै, निर्देशक खनाल आज जन्मदिन मनाइरहेका छन् । उनलाई चलचित्रकर्मी र उनका शुभचिन्तकले जन्मदिनको अवसरमा शुभकामना दिइरहेका छन् ।
नेपाली चलचित्रमा निकै कम मात्र निर्देशक छन, जसको नामले पनि चलचित्र हेर्न हलसम्म दर्शक पुग्छन् । यही कोटीमा पर्छन निर्देशक खनाल । चलचित्र ‘आमा’पछि उनीप्रतिको मानिसहरुको सोचाइमा झनै सकारात्मकता बढेको छ ।
दीपेन्द्रले चलचित्र करिअरमा आजसम्म सधै नै फरक गर्न चाहिरहेका छन् । उनको फरक सोच कहिले सफल भएको छ, त कहिले असफल ।
चलचित्र ‘द युगदेखि युगसम्म’ निर्देशन गर्दा उनलाई नायक राजेश हमालको गेटअप नै बदलिदिए । चलचित्र ‘धर्मा’मा उनले नायिका मनीषा कोइरालालाई यो क्षेत्रमा फर्काए ।
उसो त, दीपेन्द्रले सबैभन्दा बढी तारिफ पाएको चलचित्र भने ‘पशुपति प्रसाद’ हो । यो चलचित्रबाट पाएको हाइपलाई उनले ‘आमा’ मार्फत् अगाडि बढाएका छन् । नेपाली चलचित्रले अझै पनि दीपेन्द्रबाट फरक विषयमा मन छुने चलचित्रको अपेक्षा गरेको छ ।
प्रतिक्रिया 4