
२१ चैत, काठमाडौं । सानिमा बैङ्क लिमिटेड र दराज क्येमु प्रालि बीच अनलाइन सामान खरिदमा विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
दराज अनलाइनमा उल्लेख गरिएकोे र बिगमार्टमा उपलब्ध हुने हरेक सामान अनलाइनबाट अर्डर गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
यसका साथै १५ सयभन्दा माथिको खरिदमा निःशुल्क होम डेलिभरीको पनि व्यवस्था गरिएको छ ।
यो योजनामा सहभागी हुन सानिमा बैङ्कका ग्राहकले आउँदो चैत्र २६ गतेसम्म दराजमार्फत् बिग मार्टका सामान अनलाइन खरिद गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4