+
+
WC Series
चितवन राइनोज 2025
30/3 (6.6)
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

लकडाउनमा बर्थडे सेलिब्रेसन : घरको कम्पाउण्डमै म्याराथन दौडिएर कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २४ गते ९:३९

कोरोना भाइरसको महामारीका कारण अहिले विश्वका अर्बौं मानिस घरभित्रै बस्न बाध्य छन् । बेलायत पनि कोरोनाको आतंकका कारण लकडाउनको अवस्थामा छ । बन्दाबन्दीको बेला घरबाट बाहिर निस्किन नपाउँदा मानिसले अनेकखालका काम गरेर घरको चौघेराभित्रको बसाइँलाई स्मरणीय बनाउन चाहन्छन् । बेलायतमा एकजना युवकले त आफ्नो घरको ६ मिटर लामो कम्पाउण्डमा दौडिएर म्याराथन पूरा गरी आफ्नो ३२ औं जन्मदिन मनाएका छन् ।

ज्याभलिन थ्रोका पूर्व व्यावसायिक खेलाडीसमेत रहेका जेम्स क्याम्पबेलले आफ्नो ६ मिटर लामो घरको कम्पाउण्डमा एक छेउबाट अर्को छेउसम्म लगातार दौडिएर म्याराथन पूरा गरे ।

म्याराथनको दूरी पार गर्नका लागि उनलाई जम्मा पाँच घण्टाको समय लाग्यो । उनले ४२ दशमलब २ किलोटिमर दूरीको म्याराथन पूरा गर्ने क्रममा आफ्नो ६ मिटर लामो कम्पाउण्डमा ७ हजार पटक एकछेउबाट अर्को छेउसम्म दौडिएका थिए ।

घरको आगनमा म्याराथन दौडिएर कायम गरेको कीर्तिमानलाई उनले कोरोना भाइरसविरुद्धको संघर्षमा समर्पित गरे । उनले आफ्नो दौड कोरोना भाइरसविरुद्धको लडाइँमा समर्पित रहेको भन्दै सोसल मिडियामा सहयोगको याचना गरेका थिए । उनको म्याराथन दौड नामक #6metregardenmarathon ह्यासट्यागमा ट्वीटरमा प्रत्यक्ष प्रशारण गरिएको थियो ।

उनले त्यसरी दौडिरहँदा छिमेकीहरूले पनि उत्सुकतापूर्वक हेर्दै उनलाई हौसला दिइरहे । फलस्वरूप उनले १८ हजार पाउण्ड रकम संकलन गर्न सफल भए । उक्त रकम उनले कोरोनाविरुद्धको लडाइँका लागि बेलायतको नेसनल हेल्थ सर्भिसलाई प्रदान गर्दैछन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?