
२६ चैत, कैलाली । कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि धनगढीमा अत्याधुनिक उपकरण जडान थालिएको छ ।
नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याइएको आरटीपीसीआर मेसिन धनगढी ल्याइएकाे हाे । अहिले याे मेसिन जडान कार्य भइरहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बुधबार बिहान आरटीपीसीआर मेसिनसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण धनगढी पुगेको थियो ।
उक्त उपकरणबाट दैनिक दुई सय ५० भन्दा बढीको परीक्षण गर्न सकिने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौंमा रहेको आरटीपीसीआर मेसिन धनगढी ल्याइएको छ । मेसिन धनगढीस्थित भेटेरिनरी प्रयोगशालामा जडान गरिएको हो ।
आजबाट थालिएको मेसिन जडान भोलि साँझसम्ममा सकिने छ । त्यसलगत्तै बिहीबार साँझबाट परीक्षण सुरु हुने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।
प्रतिक्रिया 4