Comments Add Comment

लकडाउन : केही त राम्रै भयो

कोरोना भाइरसको संक्रमण रोक्नका लागि देशमा लकडाउन भैरहेको छ । यो लकडाउन कहिलेसम्म हुन्छ भन्ने कुराको स्पष्ट भएको छैन । यहि क्रममा मानिसहरु घरबाट नै काम गरिरहेका छन् । बिहानदेखि रातीसम्म कोरोना भाइरसको समाचार हेर्दा र पढ्दा मानिसहरुको मनमा एक प्रकारको त्रास उत्पन्न हुन थालेको छ ।

धेरै मानिसहरुको मनमा नकारात्मकताले पनि जन्म लिन थालेको छ । तर यो भाइरससंग हामी डराउनु भन्दा यसको बारेमा हामीले सही जानकारी राख्नु आवश्यक छ । अनावश्यक कुराहरुको पछि नलागिकन हामी सकारात्मक सोचका साथ अगाडि बढ्नु आवश्यक छ ।

सकारात्मक सोच

अहिले देशमा कोरोना संकट भैरहेता पनि यसलाई नियन्त्रण गर्नका लागि सरकार र विभिन्न स्वास्थ संगठनहरुबाट सम्पूर्ण प्रयास गरिरहेका छन् । तपाईंहरु जो घरमा बस्दा–बस्दा दिक्क हुनु भएको छ, तर यसको सकारात्मक पक्ष पनि छ । त्यो हो तपाईं आफ्नो परिवारलाई पर्याप्त समय दिन पाइरहनु भएको छ । एउटा त्यस्तो समय थियोे, जतिबेला तपाईसंग  आफ्नो परिवारलाई दिने पर्याप्त समय थिएन ।

मानसिक स्वास्थ्य

लकडाउनभन्दा पहिला भागदौडले भरिएको जीवनशैलीका कारण तपाईं आफुुलाई एकदम थाकेको महसुस गर्नु हुन्थ्यो । तर अहिलेको यो लकडाउनको सबैभन्दा राम्रो पक्ष भनेको नै तपाईंले आफु र आफ्नोलाई पर्याप्त समय दिन सक्नु भएको छ । अहिले तपाईंले आफ्नो लागि पनि समय निकाल्न सक्नु भएको छ । यहि कुरालाई सम्झेर लकडाउन भएकोमा चिन्तित हुनु हुँदैन । नराम्रो समयले पनि आफुसंग केही राम्रा कुराहरु पनि लिएर आउँछन् भन्ने कु्रालाई ध्यान दिनु पर्छ । आफुलाई मानसिक रुपले ताजा राख्नु पर्छ ।

नयाँ कुराहरु सिक्नु पर्छ

सकारात्मक सोचले हरेक कठिन समयलाई सहज बनाइदिन्छ । यो समयमा तपाईंले आफुलाई गर्न मन लागेको तर नजानेको कुराहरु सिक्न सक्नुहुन्छ । अहिले  पर्याप्त समय भएकाले आफुलाई नयाँ–नयाँ कुराहरुसंग जोड्न सक्नु हुन्छ । जस्तै भान्छाको काम, गीत गाउने, नाच्ने, सिलाई, बुनाई आदिमा आफुलाई व्यस्त बनाउन सक्नु हुन्छ ।

स्केचिङ,पेन्टिङदेखि गीत संगीतसम्म

तपाईंलाई चित्रकला, नृत्य, गायनको शोख छ भने त्यसको अभ्यास गर्न सक्नु हुन्छ । आफ्नो प्रतिभामा निखार ल्याउन सक्नु हुन्छ । युूट्युबमा तपाई नृत्यको भिडीयो हेरेर नृत्य सिक्न सक्नु हुन्छ । गिटारको शोख छ भने त्यो पनि सिक्न सक्नु हुन्छ । अहिले मानिसहरुले सामाजिक सञ्जालमा आफुले लेखेको कविता पोस्ट गरिरहेको देख्न सकिन्छ । तनाव कम गर्ने यो पनि एउटा राम्रो उपाय हो । यी सबैको अर्थ के हो भने तपाईंलाई कलाको जुन विधामा रुचि छ,त्यसलाई धार दिन सक्नु हुन्छ ।

राम्रा किताबहरु पढ्न पर्छ

हामी मध्ये त्यस्ता धेरै मानिसहरु छौं, जसलाई किताब पढ्ने शौख हुन्छ तर व्यस्त दिनचर्याका कारण यसको लागि समय नै हुँदैन । लकडाउनको समय त्यस्ता व्यक्तिहरुका लागि उपयुक्त समय हो । आफुलाई मन परेको किताब यो समयमा पढेर आफ्नो सोखलाई पूरा गर्न सक्नु हुन्छ । यदि तपाईंलाई किताब पढ्न मन लाग्यो भने मात्र पढ्नु पर्छ तर यसलाई पढ्न पर्ने भनेर होइन जुन समयमा पढ्न मन लाग्छ त्यहि समयमा मात्र किताब पढ्नु पर्छ ।

योगा र ध्यान

हामी सबैलाई थाहा छ योगा तथा ध्यानले हाम्रो मन–मस्तिष्कलाई शान्त राख्छ । यसले हाम्रो रिस र तनावलाई नियन्त्रण गर्छ । हरेक दिन विहान योगासन गर्नाले विभिन्न रोगहरुबाट हामीलाई बचाउछ । विशेष गरेर शरीरमा लचिलोपन ल्याउन र पीडा हुन नदिनका लागि योगा राम्रो माध्यम हो ।

आफुलाई सकारात्मक राख्नुहोस् र नकारात्मकताबाट टाढा राख्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment