+
+

प्रदेश २ सरकारले कृषि ऋणको ४ महिनाको व्याज तिरिदिने

स्वास्थ्यकर्मीको मृत्यु भए परिवारलाई ५० लाख

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते १२:४६

२८ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारी रोक्न गरिएको लकडाउनबाट कारण प्रभावित किसानले लिएको ऋणको चार महिनाको व्याज तिरिदिने निर्णय समेत गरेको छ ।

शुक्रबार विहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले किसानले बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋृणको ४ महिनाको व्याज तिरिदिने निर्णय गरेको हो ।

कृषि कर्मको लागि किसानहरुले ५ लाखसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ४ महिनाको, पाँच लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशतसम्मको व्याजदरमा ५० प्रतिशत तिरिदिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

त्यस्तै १५ लाखदेखि ३० लाखसम्मको ऋणमा ४० प्रतिशत र ३० लाख भन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गरे बमोजिम व्याज तिरिदिने निर्णय भएको उनले बताए ।

यस्तै, दूध, फलफूल, तरकारी, कुखुरा तथा माछापालक किसानलाई थप राहत दिने निर्णय प्रदेश सरकारले गरेको यादवले बताए ।

स्वास्थ्यकर्मीको मृत्यु भए परिवारलाई ५० लाख

प्रदेश २ सरकारले कोभिड १९ रोकथाम तथा उपचारमा खटिने क्रममा मृत्यु हुनेको परिवारलाई ५० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रण र उपचारका लागि खटिने व्यक्तिको मृत्यु भए उनका परिवारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न हुने निजामती वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारी कसैको मृत्यु भएमा यो रकम प्रदान गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?