+
+

रौतहटमा कोरोना संक्रमितलाई उपचार गर्ने अस्पताल भेटिएन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १ गते १७:३२

१ वैशाख, रौतहट । कारोना भाइरस (कोभिड–१९) बाट संक्रमित युवकको जिल्लामा उपचार नहुने भएको छ ।

जिल्लाका अस्पतालहरुमा आइसोलेसन वेड नभएकाले उनलाई कहाँ भर्ना गरेर उपचार गर्ने भन्ने समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेकाअनुसार उनलाई नजिकैको कोभिड अस्पतालमा लैजाने तयारी भइरहेको छ ।

रौतहटका जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण साहले पनि उनको जिल्लामा उपचार हुन नसक्ने बताए । ‘कोभिड १९ को उपचारका लागि जनशक्ति र उपकरण छैन । त्यसैले नजिकैको कोभिड अस्पतालमा लैजानुपर्ने हुन्छ’ उनले भने ।

सरकारले जानकी, जनकपुर र वीरगञ्जको नारायणी अस्पताललाई कोभिड अस्पताल तोकेको छ ।

१६ दिन पहिला भारताबाट आएका १९ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?