+
+

चोकबाट तरकारी बेच्न व्यापारीले मानेनन्, कालीमाटी नै फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते १४:३७
फाइल तस्वीर

२ वैशाख, काठमाडौं । उपत्यकाका मुख्य चोकमा तरकारी बिक्री गर्न पठाइएका कालीमाटी बजारका व्यापारी मंगलबारदेखि पुनः कालीमाटी नै फिर्ता भएका छन् ।

महानगरपालिकाले तोकेको चोकबाट तरकारी बिक्री गर्न अप्ठेरो भएपछि कालीमाटी फर्किएको व्यवसायी गीता आचार्यले बताए । ‘पानी, बिजुली शौचालय केही भएन निकै असहज भयो, त्यसैले फर्कियौँ,’ उनले भने ।

सोमबार राति १० बजेदेखि मंगलबार बिहान ७ बजेसम्म कालीमाटी बजारबाटै तरकारी बिक्री गरिएको उनले बताए । महानगरले तोकेको ठाउँमा असहज भयो भनेर व्यापारीहरु फर्किएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । ‘तोकिएको एघारमध्ये कलंकी र स्वयंभुमा व्यापारीहरु गएका थिए तर सुविधा भएन भनेर फर्किए,’ बजार विकास समितका कार्याकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले भने ।

बिजुली, पानी शौचालय जस्ता सुविधा नभएको, तरकारी लोड अनलोड गर्न समस्या भएको, चोकमा तरकारी बच्दा आफूहरु असुरक्षित भएको भन्दै ब्यापारी कालिमाटीमै फर्किएका हुन् । मंगबलार बिहानबाट कालीमाटीबाट थोक कारोबार खुल्ला भएको पनि पौडेलको भनाइ छ ।

चैत २७ गतेदेखि कलंकी, बाफल, स्वयम्भू, वनस्थली गोंगबु, बसुन्धारा, गोपीकृष्ण हल चोक, लैनचौर, रत्नपार्क/बसपार्क र कोटेश्वर चोकबाट तरकारी बिक्री गर्न महानगरको व्यवस्थापन गर्ने जिम्मा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?