Comments Add Comment

पाठेघरको मुखको क्यान्सर : कसरी थाहा पाउने ?

महिलाहरुको पाठेघरको मुखलाई सर्भिक्स भनिन्छ, जसको परीक्षण योनीमार्फत गरिन्छ । यदि सर्भिक्समा असमान्य अथवा प्रि-क्यान्सेरियस कोशिकाहरु विकसित हुन थाले भने सर्भाइकल क्यान्सर हुन्छ ।

मानिसको सर्भिक्समा दुई वटा भागहरु हुन्छन्ए-क्टोसर्भिक्स, जुन गुलावी रंगको हुन्छ र स्क्वामस कोशिकाहरुले ढाकिएको हुन्छ । दोस्रो-एन्डोसर्भिक्स, जुन सर्भाइकल क्यानल हो र यो कल्मनर कोशिकाहरुले बनेको हुन्छ ।

जुन ठाउँमा एन्डोसर्भिक्स तथा एक्टोसर्भिक्स भेटिन्छन्, त्यसलाई ट्रान्सफर्मेशन जोन भनिन्छ । त्यहाँ असामान्य तथा प्री–क्यान्सेरियस कोशिकाहरु विकसित हुने सम्भावना अत्यधिक हुन्छ ।

एचपीभी सर्भाइकल क्यान्सरको मुख्य कारण

सर्भाइकल क्यान्सरको ७० देखि ८० प्रतिशत केशहरुमा यसको कारण एचपीभी अर्थात ह्युमन प्यापीलोमा भाइरसले गर्दा हुन्छ । एक सय विभिन्न प्रकारका एचपीभी हुन्छन्, तीनमा अधिकांशको कारण सर्भाइकल क्यान्सरको सम्भावना हुँदैन । त्यसो त, एचपीभी–१६ तथा एचपीभी–१८ का कारण क्यान्सरको सम्भावना बढ्न सक्छ । यदि कुनै महिलालाई एचपीभी इन्फेक्सन छ भने उनले तुरुन्त चिकित्सकको परामर्श लिनु पर्छ । किनभने उनलाई सर्भाइकल क्यान्सरको सम्भावना बढेर जान्छ ।

प्याप टेस्टको महत्व

प्री-क्यान्सेरियस सर्भाइकल कोशिकाहरुका कारण स्पष्ट लक्षण देखिंदैन, त्यसैले प्याप एवं एचपीभी टेस्टद्वारा नियमित परीक्षण गराउनु अनिर्वाछ ।

यसप्रकारकोपरीक्षण बाट प्री-क्यान्सेरियस कोशिकाहरु चाँडै नीको हुन्छन् र सर्भाइकल क्यान्सर हुनबाट रोक्न सकिन्छ ।

लक्षण

एड्भान्स्ड सर्भाइकल क्यान्सरका केही सम्भावित लक्षणहरु ः

-महिनावारीको बीच अनियमित रक्तश्राप ।

-यौन सम्बन्ध राखेपछि रक्तश्राप

-मेनोपाज (महिनावारी सुकेपछि) पछि पनि रक्तश्राप

-पेल्भिक परीक्षणपछिको दुखाइ

-महिनावारी नभएको बेलामा समेत हुने रक्तश्राप, त्यसक्रममा निकै पातलो अथवा अत्यधिक गाढा रगत जान्छ, जुन गन्हाउँछ तथा पिसाव फेर्ने क्रममा पनि पीडा हुन्छ र पटक-पटक पिसाव लाग्नु यसका लक्षणहरु हुन् ।

यदि तपाईंलाई पनि यी लक्षणहरु देखिन्छन् भने तुरुन्त चिकित्सकसंग सम्पर्क गरेर परीक्षण गराउनु पर्छ ।

कारण

निम्न लिखित कारणहरुले सर्भाइकल क्यान्सरको सम्भावना बढ्छ :

-यदि युवतीहरुले कम उमेरमै यौन सम्बन्ध राख्न थाले भने,

-दश वर्षभन्दा लामो समयसम्म गर्भ निरोधक गोलिहरु सेवन गरियो भने त्यस्ता महिलाहरुमा सर्भाइकल क्यान्सरको सम्भावना चार गुणा बढ्छ ।

-यसबाहेक जो एचपीभी पोजेटिभ छन्,

-जसको रोगहरुसंग लड्ने शक्ति कमजोर हुन्छ,

-जुन महिलाहरुको एक भन्दा बढी यौन पार्टनर हुन्छन्,

—जुन महिलाहरुमा यौन सञ्चारी रोग अर्था एसटीडीको समस्या हुन्छ ।

परिक्षण

पेनीनिकोलाओ टेस्ट (प्याप स्मीयर) सर्भाइकल क्यान्सरको परीक्षण गर्ने आधुनिक तरिका हो, जसलाई महिलाहरुको नियमित परीक्षण प्रकृयामा समावेश गरिन्छ । त्यसका लागि चिकित्सकले महिलाको सर्भिक्सबाट कोशिकाहरु लिन्छन् र माइक्रोस्पोकमा तीनको परीक्षण गर्छन् । यदि उक्त परिक्षणमा केही असामान्य पाइयो भने र बायोप्सीका लागि सर्भाइकल टिश्यू लिएर अगाडिको परीक्षण गरिन्छ ।

अर्को एउटा तरिका छ-कल्पोस्कोपी, जसमा चिकित्सकले एक हानिरहित डाई अथवा एसिटिक एसिडले सर्भिक्सलाई दाग लगाउँछन्, जसबाट असामान्य कोशिकाहरु सजिलै देखिन्छन् ।

त्यसपछि कल्पोस्कोपीको सहयोगले असामान्य कोशिकाहरुको परिक्षण गरिन्छ, जसमा सर्भिक्सको आकार ८ देखि १५ गुणा ठूलो देखिन्छ ।

अर्को एउटा तरिका पनि छ-लूप इलेक्ट्रोसर्जिकल एक्सिजन प्रोजीजर (एलईईपी), जसमा चिकित्सकले तारको इलेक्ट्रिइड लूपको सहयोगले सर्भिक्सबाट नमूना टिश्यू लिइर बायोप्सी गर्छन् ।

लामो समयसम्म एचपीवी इन्फेक्सन हुनाले कोशिकाहरु क्यान्सरको ट्यूमरमा परिवर्तन हुन सक्छन् ।

नियमित रुपले प्याप स्मीयरद्वारा सर्भाइकल क्यान्सरको परिक्ष्ँण पनि गरिन्छ । यसबाट समयमा रोग परीक्षण गरेर उपचार गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment