+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंबाट ७६ जना विद्यार्थी बोकेर श्रीलंकन एयरको जहाज फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते १३:२०

१२ वैशाख, काठमाडौं । श्रीलकाले नेपालबाट आफ्ना ७६ जना विद्यार्थीलाई स्वदेश फिर्ता लगेको छ ।

शुक्रबार श्रीलंकन एयरको जहाजले उनीहरूलाई स्वदेश फिर्ता गराएको हो। चार्टर्ड जहाज काठमाडौंबाट साढे १२ बजे कोलम्बोका लागि उडेको छ।

श्रीलंकाले केही दिनयता दक्षिण एसियाली मुलुकहरूबाट आफ्ना विद्यार्थीलाई फिर्ता लगिरहेको छ। श्रीलंकाले भारत, पाकिस्तान र नेपालबाट आफ्ना विद्यार्थीलाई लैजाने अभियान चलाएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध निरन्तर लम्बिएपछि यहाँ विभिन्न मुलुकका हजारौं मानिस फसेका थिए । उनीहरूलाई सम्बन्धित मुलुकको दूतावासको पहलमा फिर्ता लैजाने क्रमः जारी छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले नेपालमा ४ चैतपछि अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?