+
+

मोटरसाइकल दुर्घटनामा प्रहरीको जवानको मृत्यु

रासस रासस
२०७७ वैशाख १३ गते १५:२८

१३ वैशाख, कोहलपुर । बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा शनिबार बिहान मृत्यु भएको छ । क्वारेन्टाइनको ड्युटी सकेर उनी मोटरसाइकलमा निवास फर्कने क्रममा सो दुर्घटना भएको हो ।

ड्युटी सकेर भे३प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजिकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरी कार्यालय मुद्दा शाखा इञ्चार्ज प्रहरी निरीक्षक हृदयेन्द्र सापकोटाले शनिबार बिहान करिब ३ बजे दुर्घटना भएको जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?