+
+

माछापुच्छ्रे बैङ्कका सर्जु कुमार थापा र विश्वम्भर न्यौपाने नायब महाप्रवन्धकमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १४ गते १९:१४

१४ वैशाख, काठमाडौं ।माछापुच्छ्रे बैङ्कका सहायक महाप्रवन्धकमा कार्यरत सर्जु कुमार थापा र विश्वम्भर न्यौपाने नायब महाप्रवन्धक पदमा बढुवा भएका छन्।

बैङ्किङ क्षेत्रमा लामो अनुभव बटुलेका थापा र न्यौपानेलाई क्रमशः बैङ्कको समग्र बिजनेस र अपरेसन हेर्नेगरी जिम्मेवारी दिइएको छ।

बैङ्किङ क्षेत्रमा २० वर्षको अनुभव भएका सर्जुकुमार थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्।

सन् २००० बाट बैङ्किङ सेवा सुरु गरेका थापासँग बैङ्क अफ काठमाडौं  तथा सानिमा बैङ्कमा काम गरेको अनुभव छ।

उनी कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापनलगायत विषयमा जानकार बैङ्करको रुपमा चिनिन्छन् ।

विगत ६ वर्षदेखि माछापुच्छ्रे बैङ्कमाआवद्ध थापालाई बैङ्किङ क्षेत्रका साथ हाइड्रोपावर फाइनान्सिङका समेत विज्ञ मानिन्छ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बिएससी र काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका विश्वम्भर न्यौपानेसँग बैङ्किङ क्षेत्रमा २२ वर्षको अनुभव छ।

जोखिम व्यवस्थापनमा अब्बल न्यौपाने समग्र बैङ्किङ व्यवस्थापनमा राम्रो दख्खल राख्ने बैङ्कर मानिन्छन् । साथै, सेल्स र मार्केटिङ्गमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुच्छ्रे बैङ्कमा कार्यरत छन्।

उनीसँग एभरेष्ट बैङ्क तथा एनआइसी एसिया बैङ्कमा विभिन्न भूमिकामा काम गरेको अनुभव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?