+
+

लकडाउन लम्ब्याउन आज मन्त्रिपरिषद् बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते ९:५८
अनलाइनखबर फाइल

२४ वैशाख, काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न बुधबार मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो । समितिको सुझावअनुसार कम्तीमा एक साता लकडाउन थपिने मन्त्रिपरिषद् स्रोतले बतायो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनको समयअवधि यही वैशाख २५ गतेसम्म छ ।

लकडाउन थप्दै लगे पनि परीक्षण सुस्त भएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । नेपालमा दुई जना कोरोना संक्रमित फेला परेपछि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गर्दै कसैलाई पनि घर बाहिर ननिस्किन निर्देशन दिएको थियो ।

डेढ महिनाको अवधिमा कोरोना संक्रमित ८२ जना पुगिसकेका छन् । तर, काठमाडौं उपत्यकासहित धेरैजसो जिल्लामा लकडाउन खुकुलो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?