+
+

शिक्षा समितिको निर्देशन : शुल्क नलिनू, पठनपाठन नगराउनू

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १७:४०
Photo Credit : RSS
फाइल तस्वीर

२४ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालयमा शुल्क नलिन र पठनपाठन नगर्ने व्यवस्था गराउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समिति बैठकले कोरोना महामारीको राम्रोसँग आकलन नगरी विद्यार्थीको परीक्षा र भर्ना नगर्न, शुल्क नलिन तथा औपचारिक रुपमा पठन पाठन नगर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

कोरोना भाइरसको महामारीका कारण हाल विद्यालय बन्द रहेको छ । तर शहरी क्षेत्रका कतिपय विद्यालयले पठन पठान गराएको जानकारीमा आएकाले त्यस्तो गतिविधि रोक्न निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् । उनका अनुसार अहिले औपचारिक रुपमा पठन पाठन गर्न उपयुक्त समय छैन ।

सुविधासम्पन्न विद्यालयले अनलाइनमार्फत पढाउने गरेको भए पनि त्यो खालको सुविधा हिमाली र पहाडी क्षेत्रमा सम्भव नभएकाले पठन पाठन नगर्न नगराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको सभापति घर्तीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?