+
+

विराटनगरमा थप ८ जना कोरोना संक्रमित डिस्चार्ज हुँदै

पछिल्लो ३ परीक्षणमा कोरोना संक्रमण देखिएन

हरि अधिकारी हरि अधिकारी
२०७७ वैशाख २५ गते २०:४९

२५ वैशाख, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा संक्रमण देखिएका थप ८ जनाको पछिल्लो तीन रिपोर्टमा कोरोना संक्रमण नदेखिएको हो ।

भुल्केमा १६ जमातीसहित २८ जनालाई कोरोना देखिएको थियो । ती मध्ये ६ जना बुधबार निको भएर अस्पतालबाट फर्किएका थिए ।

एक महिलासहित आठ जनालाई शुक्रबार डिस्चार्ज गरिने कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले बताइन् । उनीहरुमा तीन पटक परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गर्न लागिएको उनले बताइन् ।

कोभिड उपचार केन्द्रमा ३१ जना भर्ना भएका थिए । शुक्रबार आठजनाको डिस्चार्ज भएपछि १७ जना उपचारमा रहनेछन् । संक्रमित सबैको अवस्था सामान्य छ । कोरोना अस्पतालमा उदयपुर बाहेक भोजपुरका १ जना र झापाका २ जना उपचाररत छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?