+
+
Shares

ढुवानीको साधन सञ्चालन सहज बनाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते २०:१५

२६ वैशाख, काठमाडौं । उत्पादनमुलक उद्योधन्दा सञ्चालनमा आएसँगै ढुवानीको साधन सञ्चालन गर्नदिन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।

उद्योगको उत्पादन बजारसम्म पुर्‍याउन ढुवानी सेवा सुचारु हुन जरुरी भएको भन्दै ढुवानी सुचारु गर्न नेपाल समुन्द्रपार निकासी पैठारी संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

उद्योगहरुबाट उत्पादित वस्तु ढुवानी तथा त्यसको खुद्रा कारोबार सहज नहुन्जेल उत्पादनको कुनै अर्थ नरहने भन्दै संघले सहजीकरण गरिदिन माग गरेको छ ।

सरकारले सञ्चालन अनुमति दिएका उद्योगका उत्पादन ओसारपसार गर्ने सवारी साधनका लागि पास कठीन भएको तथा पास वितरण गर्ने निकायसम्म पुग्न पनि ढुवानी व्यवसायीलाई कठिनाई भएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?